१५ वर्षदेखि फरार वन मुद्धाका अभियुक्त पक्राउ
(वीरगञ्ज) बाराबाट प्रहरीले वन मुद्धामा १५ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नं १९ बस्ने प्रयाग नुनिया पक्राउ परेका हुन् ।
वन मुद्धामा दोषी ठहर गर्दै बारा जिल्ला अदालतले २०६१ चैत १६ गते नुनिया विरुद्ध १ वर्ष कैद सजायको फैसला गरेको थियो । त्यसबेलादेखि नै फरार रहेका उनलाई सोमबार ईलाका प्रहरी कार्यालय सिमराबाट गएको टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारेको थियो ।
नुनियालाई बारा जिल्ला अदालतमा पेश गरी अदालतको आदेशले तोकिएको कैद भुक्तानका लागि कारागार कार्यालय वीरगञ्ज पठाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।