३७ जना बारामा विद्युत चोरी गर्ने पक्राउ
(वीरगञ्ज) विद्युत चोरी नियन्त्रण टोलीले बाराबाट विद्युत चोरीमा संलग्न ३७ जनालाई पक्राउ गरेको छ ।
विद्युत प्राधिकरण कलैया वितरण केन्द्रका कर्मचारी र प्रहरीको संयुक्त गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । महागढीमाई नगरपालिकाको पत्रहटी, रौवाही, तेलकुँवा, इनर्वा, बरियारपुर, कञ्चनपुर लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
भविष्यमा बिद्युत चोरी नगर्ने, मिटर लगाउने शर्तमा विद्युत प्राधिकरणले निश्चित जरीवाना लिएर उनीहरुलाई छाडेको प्नहरीले जनाएको छ ।