पोषणयुक्त खाद्यान्नको व्यवस्थापनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण
(काठमाडौं) राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले पोषणयुक्त खाद्यान्नको व्यवस्थापनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
उपाध्यक्ष कँडेलले खाद्यान्न उत्पादनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको निजी क्षेत्रले पोषणयुक्त खाद्यान्नको व्यवस्थापनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल जस्तो विकासोन्मुख देशहरुले खाद्यन्न प्रणालीमा सुधार गरेर पनि पोषणमुक्त खाद्यन्नको व्यवस्थापन गर्न सक्ने पनि स्पष्ट पारे। त्यसका लागि जनतामा चेतना जागृत गराउन लाग्नु पर्नेमा पनि उनको जोड छ।
उपाध्यक्ष कँडेलले निजी क्षेत्रले पोषणयुक्त खाद्यन्न व्यवस्थापनका लागि सामाजिक उत्तरदायित्व अन्तरगतको कोष परिचालन गर्न सक्ने पनि स्मरण गराए।