मंगलबार पनि गोरखा संग्रालय खुल्ने
(गोरखा) गोरखा सदरमुकाममा रहेको गोरखा संग्रालय मंगलबार पनि खुल्ने भएको छ ।
सरोकारवाला र पर्यटकहरुको मागलाई संग्रालयले आन्तरीक रुपमा कर्मचारी परिचालन गरी मंगलबार पनि संग्रालय खोल्ने भएको हो।
ऐतिहासि तथा पुरातात्वीक हिसाबले गोरखा भ्रमणमा आउनेहरुको संख्या यो सिजनमा अत्याधिक रहन्छ । संग्रालय प्रशासनले दिएको जानकारी अनुसार मंसिर, पौष र माघ महिनामा गोरखाको भ्रमणमा आउने पर्यटकको संख्या धेरै छ ।
संग्रालयले मंसिर, पौष र माघ महिनाको मंगलबार मात्र ग्यालरी संञ्चालन गर्ने गरी आन्तरीक रुपमा संग्रालय खुल्ला गर्ने निर्णय गरेको गोरखा संग्रालयका प्रमुख नवराज अधिकारीले बताए । ग्यालरी संञ्चालनका लागि आवश्यक न्यूनतम संख्याका कर्मचारीहरुलाई दैनिक खाजा खर्च ब्यहोर्ने गरी मंगलबार खुल्ला गरेको हो । मंगलबार खटिने कर्मचारीहरुले खाजा खर्च बापत दिनको ६०० रुपैयाँ पाउने छन । मंगलबार कार्यालय सञ्चालनमा आउने छैन । अब भने कार्यालयले बर्षभरी नै खुल्ला राख्ने गरी पुरातत्व विभाग देखी मन्त्रालयलाई प्रस्ताव पेश गर्ने तयारी समेत गरेको छ । यो सिजनमा ५०० सय भन्दा बढी पर्यटकहरुले संग्रालय अबलोकन गर्ने गरेको कार्यालयले जानकारी दिएको छ ।
देशै भरीका संग्रालय मंगलबार बन्द हुने गर्दछ ।