अर्घाखाँचीमा अज्ञात समुहद्वारा वडाध्यक्षको मोटरसाइकमा आगजनी
काठमाण्डाै – अर्घाखाँचीमा वडाअध्यक्षको मोटरसाइकलमा आगजनी भएको छ। जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्षको मोटरसाइकल लु १ ब १६८८ नम्बरको अज्ञात समुहबाट आगजनी भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश बिष्टले बताए। वडाअध्यक्षले आफनो घर नजिकै पार्किङ्ग गरेर राखेको मोटरसाइकलमा गएराति अज्ञात समुहले आगजनी गरेको बिष्टले जानकारी दिए। आगजनीबाट मोटरसाइकल पूर्ण रुपमा नष्ट भएको छ।
मोटरसाइकलमा आगजनी भएपछि मंगलवार बिहान वडाअध्यक्षले प्रहरीलाई खबर गरेको र प्रहरी पुग्दा जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ। आगजनी गर्नेकोे खोजी भइरहेको प्रहरी नायव उपरीक्षक (डिएसपी) बिष्टले बताए। छत्रदेव गाउँपालिका वडा नम्बर ७ गुल्मीसँग जोडिएको वडा पर्दछ।
रासस