बैतडी शिवनाथ गाउँपालिकामा चितुवाको आक्रमणवाट एक बालकको मृत्यु
बैतडी- बैतडीमा नरभंक्षी चितुवाको आक्रमणवाट एक बालकको मृत्यु भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका २ टाणीखर्कका राम सिंह मडैका ७ बर्षका छोरा सुदीप मडैको चितुवाको आक्रमणवाट मृत्यु भएको हो ।शुक्रवार साँझ आफ्नै घरको आँगनमा खेलीरहेका बालक माथि एक्कासी चितुवाले आक्रमण गरी बालक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
चितुवाले आक्रमणपछि बेपत्ता भएका बालकको खोजी गर्दै राति सवाँ ११ बजेतिर घर भन्दा झण्डै ५०० मिटर पर चिरभोले जंगलमा क्षेतबिच्छेद अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।शव परिक्षणको लागी पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । चितुवाको आक्रमणबाट बालकको ज्यान गएपछि त्यस क्षेत्रका स्थानियहरु निकै त्रसित बनेका छन् ।