बझाङको बुङ्गलमा नदीले बगाउँदा एकजना बेपत्ता
शुरेस धामी बझाङ ,१७ भदौ बझाङको बुङ्गल नगरपालिका ५ लालिबगरबाट घर जाने क्रममा सानिगाड नदीले बगाउदा एक जना बेपता भएका छन्।
बेपता हुनेमा बुङ्गल नगरपालिका ४ खिरातडीका करिब ४२ बर्षिय दलबिरे कार्की रहेको स्थानीय धन बहादुर बोहराले जानकारी दिए | आज बिहान ११ बजेतिर लालि बगरबाट खिरातडी जानेक्रममा झापा नजिकै (सौकाभराण) भन्ने ठाउँमा सानिगाड नदि तर्नेक्रममा उनलाई खोलाले बगाई बेपता भएका हुन्।
अहिले ईलाका प्रहरी कार्यालय बङ्गल झापा ले खोजीकार्य जारी रहेको छ भने अहिले सम्म फेला नपरेको ईलाका प्रहरी कार्यालय बुङ्गलले जानकारी बताए ।