भोजपुरमा पहिरोमा पुरिएर एकको मुत्यु, तीन जना सामान्य घाइते
काठमाण्डौ – भोजपुरको साल्पासिलिछो गाउँपालिकामा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । अलैँची गोडेर घर फर्कने क्रममा बाटोमा झरेको पहिरोमा पुरिँदा थुम्लुङ्गका ५९ वर्षीय मानबहादुर विष्टको ज्यान गएको प्रहरीले जनाएको छ ।
शनिबार फोक्टेबाट भन्ने ठाउँबाट अलैँली गोडेर घर फर्कने क्रममा बाटोमा झरेको पहिरोमा पुरिँदा विष्टको टाउकोमा चोट लागेको थियो । गम्भीर घाइते भएका विष्टको घर पुर्याएपछि ज्यान गएको हो । पहिरोमा अन्य तीन जना सामान्य घाइते भएका छन् ।