कैलालीमा अध्यक्षमाथि हातपात वडा कार्यालयमा तोडफोड
कैलालीमा अज्ञात समूहले वडा कार्यालयमा तोडफोड गरेको छ ।/ कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर २ को कार्यालयमा तोडफोड गरिएको हो । दुई मोटरसाईकलमा आएका ६ जनाको समूहले वडा कार्यालयमा तोडफोड गरेका हुन् ।
वडा अध्यक्ष जनकबहादुर साउँदले पुरानो चौमाला बजारमा रहेको वडा कार्यालयको कम्प्यूटर, प्रिन्टर, टेवुल लगायतमा क्षति भएको जानकारी दिए ।
उनले आफुमाथि पनि हातपातको प्रयास भएको र प्रतिकार गर्न खोज्दा भागेको बताए । उनीहरु सबै मास्क लगाएर आएका थिए । खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।