बझाङमा अज्ञात समूहले एकैसाथ ३ वटा एनसेल टावरमा आगजनी
बझाङ १६ साउन । बझाङमा ३ वटा स्थानमा अज्ञात समूहले एनसेल टावरमाथि एकैपटक आक्रमण भएको समाचार प्राप्त भएको छ । गएराति जिल्लाको थलारा गाउँपालिका, मष्टा गाउँपालिका , र वित्थडचिर गाउँपालीकामा रहेको एनसेल टावरमा अज्ञात समूहले एकै साथ टावरमा आगजनी गरिएको जनाएको छ । उत्त अहिले घटनास्थलमा प्रहरी समेत परिचालन गरिएको जानकारी आएको छ ।
प्रहरी र स्थानीका अनुसार यसअघि पटकपटक नेकपाले एनसेलले कर नतिरेको भन्दै टावरमा आक्रमण गरेका कारण यसपटक पनि नेकपालेनै गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।सो घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।