डोटीका सहायक वन अधिकृत तीन लाख २६ हजार रूपैयाँसहित डडेल्धुरामा पक्राउ
काठमाण्डौ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले घुसको तीन लाख २६ हजार रूपैयाँसहित डडेल्धुरामा एकजना सहायक वन अधिकृतलाई पक्राउ गरेको छ । अख्तियारको टोलीले डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँत्काँडाबाट सव(डिभिजन कार्यालय वीपीनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आइतबार साँझ समातेको हो। विषेश सूचनाका आधारमा अख्तियारको क्षेत्रीय कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले डिसीको साथबाट तीन लाख २६ हजार नगद समेत बरामद गरेको छ ।
सहायक वन अधिकृत डिसीलाई घुससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरका सूचना अधिकारी टोपबहादुर विष्टले पुष्टि गरेका छन्। ‘ठेकेदारलाई काठ मिलाइदिने भन्दै डिसी पाँच लाख ४५ हजार रूपैयाँ बैंकमा हाल्न भनेर। ठेकेदारले पैसा हालिदिएको भेटियो,’ उनले भने, ‘अरु पैसा निकालेर खर्च गरिसकेको रहेको बताएको छ ।
सूचना अधिकारी विष्टले हाम्रो टोलीले तीन लाख २६ हजार रूपैयाँ बरामद गरेको छबताएको छ ।’ उनका अनुसार अख्तियारमा कार्यरत नेपाल प्रहरीको डिएसपीको नेतृत्वमा गएको टोलीले नगदसहित डिसीलाई समातेको हो। पक्राउ परेका डिसीलाई राति नै महेन्द्रनगर लगिएको उनले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
लगातार विवादमा आइरहने कर्मचारीका रुपमा चिजिजे अधिकृत डिसी विगतमा भएका वन फँडानीका मुद्दामा पनि उनको नाम निकै चर्चामा आउने गरेको थियो। डडेल्धुरामा रहँदा उनले तत्कालीन जिल्ला वन अधिकृत कृष्ण भट्टमाथि हातपातसमेत गरेका थिए।
डिसी लामो समयदेखि डोटी र डडेल्धुरा जिल्लाको राजमार्ग जोडिएका क्षेत्रमा जिम्मेवारी लिएर बसेका थिए। अन्यत्र सरुवा भएपनि उनी माथिल्लो तहमा मिलाएर यसै क्षेत्रमा बस्ने गरेका थिए।उपभोक्तादेखि काठ तस्करसँग पनि काम गरिदिए बापत उनले रकम असुल्ने गरेको सूचना पटक(पटक आउने गरेको थियो।