अछामको बान्नीगढी जयगढ गाउँपालिमा आगलागीबाट एक विद्यालय भवन जलेर नष्ट
काठमाण्डौ २७ साउन । अछाममा एक विद्यालय भवनमा आगलागी हुँदा पुर्ण रुपमा जलेर नष्ट भएको छ । अछामको बान्नीगढी जयगढ गाउँपालिका– ५ कालिकामा रहेको सान्नीकोट आधारभूत विद्यालयको भवनमा आगलागी हुदा भवन पूर्ण रुपमा जलेर नष्ट भएको हो ।विद्यालयको पूरानो टिनले छाएको दुई कोठे भवनमा बाच्कोटमा निर्माणाधिन नेपाल टेलिकम टावरको सोलार ब्याट्री र अन्य सामाग्रीहरु राखिएको थियो ।
प्रहरीका अनुसार सोलार ब्याट्रीहरुमा सूचालक वस्तु खस्न गई नेगेटिभ र पोजेटिभ टर्मिनल जोडिँदा आगलागी भएकोबताएको छ । आगलागीले विद्यायलयका कागजातहरु समेत जलेर नष्ट भएका छन् ।
प्रहरी चौकी जयगढबाट प्रहरी सहायक निरीक्षक रामसिंह कार्कीको नेतृत्वमा गएको टोलीले आगो नियन्त्रणमा लिएको बताएको छ ।