डडेल्धुरामा झाडापखालाको प्रकोप फौलीयो
डडेल्धुरा – डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–८ जमरानीमा झाडापखालाको प्रकोप फैलिएको छ । वडा नम्बर ८ मा पर्ने सानखोला र धादलीफाटामा झाडापखालाको प्रकोप देखिएको हो ।
ती दुई गाउँमा अहिलेसम्म ६५ जनामा झाडापखला देखिएको परशुराम स्वास्थ्य शाखाका उप–संयोजक हिक्मत धामीले जानकारी दिएका छन । ‘साउन २९ मा झाडापखालाको प्रकोप देखिएको हो। हामीले गाउँमा स्वास्थ्य शिविरको आयोजना गरेका छौं, स्वास्थ्यकर्मी पनि खटाएका छौं,’ उपसंयोजक धामीले भने, ‘अहिले सम्म ६५ जनामा झाडापाखला देखिएको छ ।
जसमध्ये पाँच जना जोगबुडा अस्पतालमा रेफर गरिएको जानकारी आएको छ ।’ साउन २९ देखि सुरु भएको प्रकोप अहिलेसम्म नियन्त्रणमा नआएको परशुराम नगरपालिका–८ का वडाध्यक्ष गोविन्द बोहराले बताए । ६० जना बिरामीको सादनी स्वास्थ्य चौकी प्रमुख आन्नद कुमार यादवको नेतृत्वको टोलीले उपचार गरिरहेको छ ।
पाँच जनालाई जोगबुडा अस्पतालमा रेफर गरिएको जनाइएको छ । उनीहरुमध्ये चार जना डिस्चार्ज भइसकेको र एक जनालाई थप उपचारका लागि अन्यत्रै रेफर गरिएको अस्पतालले जनाएको छ ।
डडेल्धुरा अस्पतालले बिरामीको दिसाको नमुना परीक्षण गर्दा झाडापाखलाकै जीवाणु भेटिएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी भुषालले जानकारी दिए ।godawri