नेकपा सांसद योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त :आजमन्त्रीको शपथ लिए
काठमाण्डौं १५ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् । ताप्लेजुङबाट निर्वाचित नेकपा सांसद भट्टराई आज संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालमा नियुक्त भएर शपथ लिएका हुन । भट्टराईलाई शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाएकी हुन्।
मन्त्री योगेशको शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख राष्ट्रिय सभाका अध्यक्ष लगायतका संवैधानिक निकायका प्रमुख उपस्थित रहेको थियो ।अनेरास्ववियूका अध्यक्षबाट मूलधारको राजनीतिमा प्रवेश गर्दै ताप्लेजुङ जिल्लाबाट सांसद पदमा निर्वाचित योगेश भट्टराई तत्कालिन एमालेको सचिव र प्रचार विभाग प्रमुख भएर काम समाल्दै आएका थिए ।
निर्वाचन प्रचारमा ताप्लेजुङ पुगेका हालका प्रधानमन्त्री तथा तत्कालिन एमाले अध्यक्ष ओलीले प्रचारसभालाई सम्बोधन गर्दै तपाईंहरु सांसद बनाएर पठाउनु होस हामी योगेशलाई मन्त्री बनाएर पठाउँछौं भनेका प्रतिबदता राखेका थिए ।तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमै भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि सो मन्त्री पद खाली थियो भने मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंले सम्हाल्दै आएका थिए।
सरकारले सन् २०२० लाई पर्यटन बर्ष मनाउने घोषणा गरेको र लामो समय मन्त्री बिहीन रहनाले धेरै काम हुन नसकेको अबस्थामा मन्त्री हुन लागेका योगेश भट्टराईका लागि यो पद अवसरसँगै ठूलै चुनौति पनि हुनेछ ।