परिवारसहित अध्यक्ष दाहाल युएई प्रस्थान
काठमाडौं : नेपाल कम्पुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् ।बिहान ९ः३० बजे युएई प्रस्थान गरेका प्रचण्डको यो भ्रमण विशुद्ध पारिवारिक भएको बताएको छ ।
प्रचण्डको साथमा पत्नी सीता छोरीहरू रेणु र गंगासहित तीन जना बच्चा पनि छन्। लामो समयदेखि बिरामी प्रचण्ड पत्नी सीता दाहालको इच्छामा यो भ्रमण भएको पारिवारिक स्रोतले जनाएको छ। युएईमा रहँदा अहिलेसम्मका लागि कुनै पनि सार्वजनिक कार्यक्रम तय गरिनसकेका प्रचण्ड १८ गते नेपाल फर्किनेछन्।
उनको युएई भ्रमणबारे नेपाल कम्युनिष्ट पार्टी नेकपाको सोमबार बसेको सचिवालय बैठकमा जानकारी गराएको थियो।