सम्झौता बमोजिम ठेकेदार कम्पनीले काम समयमै नगर्ने भएपछी बारपाक सडकको ठेक्का तोडियो
काठमाण्डौ १५ श्रावण । बारपाक सडक निमार्णको जिम्मा लिएर काम नगर्ने ठेकेदारसंगको ठेक्का तोडिएको छ । एघार किलोमिटर छेपेटार भालुस्वाँरा बारपाक सडकको योजनाले आर्ईतबार सुचना जारी गर्दै ९ देखि १७ किलोमिटरको कालोपत्रेको जिम्मा लिएको ठेकेदार कम्पनी नागाजुर्न त्रिशुली जेभि बालाजुसंग ठेक्का सम्झौता तोडिएको जनाएको हो । गत माघ ६ मा निर्माणाधिन कार्य पुन सुरु गर्ने भन्दै कार्यालयले ठेकेदारलाई सचेत गराएको थियो । फेरि बैशाख १२ गते स्पस्टीकरण सहित सम्पर्कमा आउन पत्रचार गरेपनि ठेकेदार कम्पनीले आउन अटेरी गरेपछि काम गर्ने ठेकेदार कम्पनीको सम्झौता तोडिएको हो ।
सार्बजनिक खरिद नियमवली २०६४ बमोजिम ठेक्का तोडिएको सुचनामा भनिएको छ । कालोपत्रे सक्नु अबधि उत्त सडक खण्डको ६० प्रतिशत प्रगति रहेको कार्यलयका इन्जिनियर राजेश कुमार यादबले बताएका छन । उनका अनुसार काम गर्छु भनेर कामै नगर्ने , पटक पटक पत्रचार गरेपनि मैखिक रुपबाट आउछ’ भन्ने फिल्डमा नआउने भएकाले रद गरिएको बताउनु भयो । इन्जिनियर यादबका अनुसार पुरानो ठेक्कामा ५ किलो मिटर काम अझै बाकी छ । नयाँ ठेक्का खुलाएर काम सम्पन्न गर्ने कार्यलयको अन्तिम तयारी छ ।
यो राजमार्ग पुष्पलाल मध्यपहाडी लोकमार्गमा पर्दछ । २०७१ असार ३१ मा उत्त कम्पनीले सडक निर्माणको जिम्मा लिएको थियो । ९ करोड रुपैयामा सडक कालोपत्रेको जिम्मा लिएको ठेकेदार कम्पनीले सम्झौताअनुसार २०७४ चैतमा निर्माण सक्न’पर्थो । तर काम लापरबाहीका कारण अल्पत्र परेको हो । सो सडक निर्माणको ठेकेदार कम्पनी लामो समयसम्म सम्पर्कबिहिन भएपछि कार्यालयले सुचना जारी गरि ठेक्का तोडेको हो ।