अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न ठाउँ डुबानमा
काठमाडौं २७, असार । काठमाडौंमा तीनदिनदेखिको अविरल वर्षाका कारण उपत्यकाका विभिन्न स्थान डुबानमा परेको छ । काठमाडौंको मेन चोक कलंकीको मैत्रीनगर र खसीबजार क्षेत्रका घरहरु डुबानमा परेका छन् ।
बर्षा र बाढीको कारण कलंकीमा रहेका मालपोत कार्यलय, ट्राफिक कार्यलय तथा प्रहरी कार्यलय पनि डुबानमा परेका छन । सडक, घर जलमग्न भएपछि जनजीवन कष्टकर बन्दै गएको छ ।