भारतको सबै चिजमा विषादी देख्ने तरिका ठीक होइन कृषिमन्त्री
काठमाडौं २६ असार । संधिय सरकार कृषि तथा सहकारी मन्त्री चक्रपाणी खनालले भारतबाट आउने सबै चिजमा विषादी मात्रै देख्नु वैज्ञानिक नहुने बताएका छन्। बिहीबार रिपोर्टर्स क्लबमा बोल्दै मन्त्री खनालले आर्थिक वर्ष २०दाबि गरेका छन ुहामीले यो वर्ष ७५र७६ मा १९०० स्याम्पल परीक्षण गर्दा २ वटामा मात्रै ग्रिन जोन भन्दा माथिसम्मको विषादी भेटिएको छ। खतराका सूचक एल्लो र रेड जोनसम्म विषादी भेटिएनु, उनले भने, र अहिले भने जस्तो खान नहुने भनिएको हल्लामा कुनै सत्यता छैन। हामी विषादी परीक्षणको निर्णयबाट ब्याक हुनुपर्ने कारण छैन।
मुख्य नाका भन्सार बिन्दुमा चेकजाँच गर्ने अन्तर्राष्ट्रिय प्रचलन पनि छैन । ल्याबमा नै लाने हो । त्यसका लागि ६ महिनासम्ममा पूर्वाधार बनाइसक्छौँ।ु नेपालमा अहिले अन्तर्राष्ट्रिय मान्यता प्राप्त ल्याब नरहेकाले समस्या भएको उनले सुनाए । ुअन्तर्राष्ट्रिय तहका ल्याबहरु राखेर अघि बढाऊँ भनिएको हो । सबै चिजमा विषादी मात्रै देख्ने तरिका वैज्ञानिक होइनु, उनले भने, ुविषादी प्रयोग विगतमा भन्दा कम भएको छ ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले अहिले पनि विषादी परीक्षण आफ्नै प्रक्रियामा भइरहेको दाबि गरेका छन । मन्त्री खनालले अहिलेपनि जोखिमयुक्त तरकारी तथा फलफूल नगन्य मात्रामा रहेको सुनाउन’भयो । उनले भने,‘ २०७१ साल असारदेखि विषादी परीक्षणको सुरु गरेका हौं, त्यतिवेला १८७ स्याम्पलमा चेकजाँच गरिएको थियो, तर केहीमा जोखिमपूर्ण मात्रा थियो ।’ काठमाडौं उपत्यकाबाहिर अहिलेपनि ६(७ वटा ल्याबहरु रहेका मन्त्री खनालले सुनाए । उनले भने,‘तर, ती सबै ल्याबहरु अहिले सञ्चालनमा छन् भनेर म भन्दिनँ । भएका ल्याबहरु सञ्चालन गर्न म्यानपावरको समस्या छ ।’ उनले विषादी चेकजाँच गर्ने निर्णयबाट सरकार किन ब्याक भयो रु भनेर चौतर्फी कुरा उठेको सुनाउँदै निर्णयमा नाकामा चेकजाँच भन्ने शब्द राख्दा समस्या भएको सुनाए । उनले थपे,‘अन्तर्राष्ट्रिय प्रचलनअनुसार पनि नाकामा चेकजाँच हुँदैन । र, अहिले हामीसँग भएका ल्यावहरुलाई हामी छिट्टै अन्तर्राष्ट्रियस्तरको बनाउँछौं ।’ अहिलेपनि अर्गानो फोस्फेट र कार्बोनोमेट दुई वटा विषादी परीक्षण हुने गरेको मन्त्री खनालले सुनाए । परीक्षण हुन नसक्नेलाई काठमाडौंमा ल्याउन सकिने उनको भनाई छ । उनले हरेक कुरामा विषादीमात्रै छ भनेर देख्ने तरिका पनि वैज्ञानिक नभएको गुनासो पोखे । ०७१ साल यताको रेकर्ड हेर्दा ग्रिन(जोनभन्दा तल धेरै कम मात्रामा रहेको उनले डाटा सुनाए । भारतबाट मात्रै नभएर भुटानबाट आयात हुने आलुलगायतका वस्तु र चीनबाट आयत हुने स्याउ परीक्षण हुने गरेको मन्त्री खनालले जनाए ।
सर्वोच्च अदालतले हिजोमात्रै विषादी परीक्षण नरोक्न दिएको आदेश आफूहरुले पालना गर्नेपनि उनले विश्वास दिलाए । उनले भने,‘अहिले हामीसँग भएका सबै ल्याव र साधन र स्रोत परिचालन गरेर हामी परीक्षणको काम गर्छौं ।’ विषादी परीक्षणलगायत अन्य पूर्वाधार निर्माणको लागि चाहिने बजेटको लागि आफूले अर्थ मन्त्रालयसँग छलफल गरेर पत्र पठाईसकेको पनि उनले जनाए । उनले भने,‘खरिद प्रक्रिया पूरा गर्न अझै कम्तिमा पनि ६ महिना र बढिमा दश महिना लाग्छ ।
मन्त्री खनालले भारतलगायत तेश्रो मुलुकबाट नेपाल आयात गरिने फलफुल तथा तरकारीको एकीकृत विषादी परीक्षणको काम सुरु गर्न कम्तिमा ६ महिना लाग्ने स्पष्ट पारे । केन्द्रीय प्रयोगशालाले २९ वटा विषादीका समुहको परीक्षण गर्ने भएपनि बाकीमा २ वटा प्यारामिटर मात्रै चेक हुँदै आएको उनले स्पष्ट पारे । चेकजाँच गर्ने सरकारको निर्णय कार्यान्वयका लागि आफुले खाद्य, पशु र प्लान क्वारेन्टाईन अन्र्तगतका १४ वटा क्वारेन्टाईन थप निर्माण गर्नुको साथै ३ सय १२ जना कर्मचारी थपेर व्यवस्थित बनाउने काम गरेको स्पष्ट पारे ।
थाहा खबर