विराटनगर इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको हर्कतले पार्टीभित्र खैलाबैला मच्चीएको छ
विराटनगर विराटनगर इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको हर्कतले पार्टीभित्र खैलाबैला मच्चीएको छ । सार्वजनिक रूपमा निरन्तर अमर्यादित र असभ्य, धम्कीपूर्ण भाषशैली प्रयोग गरेर विवादमा भएपछि नेकपा पार्टी भित्र खैलाबैला मचिएको हो।
आज आइतबार बस्ने बैठकमा चौधरीको बारेमा छलफल हुने नेकपा सुनसरी अध्यक्ष योगेन्द्र मण्डल ‘पप्पु’ले जानकारी दिएकाछन। पत्रकारलाई धम्की दिएको र महिलाहरूको चरित्र हत्या गर्ने खालका शब्द प्रयोग गरेको भन्दै उनलाई कारबाही गर्नुपर्ने प्रतिपक्षी दल कांग्रेसलगायतले माग गर्दै आएका छन्। प्रदेश कमिटीका केही पदाधिकारीसमेत सहभागी हुने जिल्ला बैठकमा चौधरीका पछिल्ला गतिविधिबारे सुरुवाती छलफल हुने जनाएको छ।
‘स्थानीय तहमा कसरी पार्टी एकतालाई अन्तिम रुप दिने भन्ने विषय माथि बस्न लागेको बैठकमा मेयर चौधरीको अभिव्यक्ति र उनको बारेमा पहिला छलफल हुनेछ, नेकपाल जिल्लास्तरका एक नेताले भने, ‘उनको बोलीले पार्टीलाई लाजमर्नु बनाएको र पदीय आचरणबाहिरको कुराले समग्र पार्टीपंक्तिको बेइज्जत गरेको छ।’
प्रदेश कमिटी सदस्यसमेत रहेका चौधरीको अभिव्यक्ति र उनको कार्यशैलीलाई लिएर नेकपाकै केन्द्रीय कतिपय नेताले आचरण सुधार्न र सार्वजनिक रुपमै माफी माग्नसमेत आग्रह गर्दै आएका थिए।
यद्यपि उनले आफूले कुनै गल्ती नगरेको र पार्टीले कारबाही गरे ‘बारी खनेर खान्छु’ जस्ता अभिव्यक्ति दिएका थिए। तर, पछिल्लो दुई पटक भने उनले विज्ञप्ति नै निकालेर आफूले बोलेका कुरा र सञ्चारमाध्यमलाई धम्क्याएकोप्रति आत्मआलोचना गरी दोहोरो चरित्र देखाएका थिए।
नेकपा प्रदेश १ कमिटीले पनि मेयर चौधरीलाई पुनः त्यस्तै व्यवहार गरेमा थप कडा कदम चालिने चेतावनी दिएको थियो।