चीन भ्रमण सकेर आज स्वदेश फर्कँदै रास्वपा प्रतिनिधिमण्डल
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा चीन भ्रमणमा गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल आज स्वदेश फर्कँदैछ। महामन्त्रीको नेतृत्वमा गएको टोलीले नोभेम्बर १५ देखि २६ सम्म चीनको भ्रमण गरेको हो।
भ्रमणका क्रममा रास्वपा प्रतिनिधिमण्डलले सीपीसीका वरिष्ठ नेता ली शुलेईसँग उच्चस्तरीय भेटवार्ता गरेको थियो। भेटमा दुई दलबीच आपसी समझदारी र आगामी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।
टोलीले छेन्दु, हाङझाउ र बेइजिङका विश्वविद्यालय, औद्योगिक क्षेत्र तथा सांस्कृतिक सम्पदाको अवलोकन गर्नुका साथै विपद्पछिको पुनर्निर्माणबारे जानकारी लिएको थियो।
त्यस्तै, चिनियाँ निजी क्षेत्रसँग नेपाली उत्पादनको बजार विस्तार, पर्यटन, ऊर्जा, पूर्वाधार र नेपालमा लगानीका सम्भावनाबारे छलफल भएको रास्वपाले जनाएको छ।