आज बकर इद पर्व मनाइँदै
मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद (इदुल जोहा) आज देशभर मनाइँदैछ। बिहानै मस्जिद र इदगाहमा सामूहिक नमाज पढी एक–अर्कामा शुभकामना आदानप्रदान गर्ने गरिएको छ।
इब्राहिमले आफ्ना छोरा इस्माइललाई कुर्बानी दिन तयार भएको धार्मिक विश्वासको सम्झनामा यो पर्व मनाइन्छ। यस अवसरमा जायज जनावरको कुर्बानी दिई मासु गरिब, आफन्त र आफ्नै लागि तीन भागमा बाँड्ने परम्परा छ।
मुस्लिम समुदायले यो पर्व तीन दिनसम्म मनाउने गर्छन् भने सरकारले आज सार्वजनिक बिदा दिएको छ।