अदालती प्रक्रिया जे भए पनि राजनीतिक बेइमानी देखियाे, विप्लवका वकिल भन्छन्
तत्कालीन एकीकृत नेकपा माओवादीका तर्फबाट संविधानसभा सदस्य रहिसकेका एकराज भण्डारी नेत्रविक्रम चन्द विप्लव पक्षको राजनीतिलाई नजिकैबाट नियाल्ने कानुन व्यवसायी हुन् ।
विप्लवको राजनीतिप्रति उनको सहानुभूति छ भन्ने उनीसँग कुराकानीका क्रममा प्रष्टै बुझ्न सकिन्छ ।
०७५ फागुन ११ गते एनसेल गेटमा बम विस्फोटनका क्रममा कर्मचारी मारिएपछि केपी ओली नेतृत्वको सरकारले नेकपाविरुद्ध प्रतिबद्ध लगाएको थियो । त्यसबमोजिम ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई गृहमन्त्रालयले परिपत्र पनि गरेको हो । पछि यसैसँग जोडेर हेमन्तप्रकाश वलीलाई सरकारले समातेको थियो । २८ जनालाई मुद्दा लगाएको थियो ।
सरकारले विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकान्ड, धर्मेन्द्र बास्तोलालगायतलाई पूर्जी काट्यो । तर पछि एउटा विन्दुमा सरकारसँग विप्लवजीहरुको सहमति भएको हो । त्यसपछि सबैखाले मुद्दाहरुलाई राज्यले सम्बोधन गर्ने सहमति भएकै हो । उहाँहरु पटकपटक एउटै सोफामा बसेर गफ गर्नुहुन्थ्यो । अहिले अदालतले आफ्नो प्रक्रिया त गरेको छ, तर यसमा राजनीतिक नैतिकता देखिँदैन ।यस्तो अवस्थामा कानुनी उपचारकै खोजी पनि हुन्छ । आखिर संघर्ष त जुनसुकै स्वरुपमा पनि अघि बढ्ने नै हो । अहिलेलाई यति भनौं, हिजो आफैंले वारेन्ट जारी गरेकाहरुलाई आफैं बोलाएर कुरा गर्ने सरकारले यहाँनेर बेइमानी गर्याे।