सुन तोलामा ६ हजार ५०० र चाँदी १०५ रुपैयाँले घट्यो
स्थानीय बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ६ हजार ५०० रुपैयाँ र चाँदी १०५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ४० रुपैयाँ कायम भएको छ ।
मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँ र चाँदी ३ हजार १४५ रुपैयाँमा कारोबार भएको थियो ।