धरानबाट ३१ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो पदार्थसहित एक जना पक्राउ
सुनसरीको धरान उपमहानगरपालिका–११ कुबिर्ता चोकस्थित एक घरबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ र नगदसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ४८ वर्षीय प्रकाश तामाङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो करिब ४ः३० बजे तामाङको घरको कोठामा खानतलासी गर्दा ३१ ग्राम ७९० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र ५२ हजार ४०० रुपैयाँ नगद फेला पारेको हो ।
प्रहरीले उक्त पदार्थ र नगद बरामद गरी तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ ।n पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद पदार्थको प्रकृति तथा घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।