राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक उप्रेती सम्मानित
राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय नेचाबिहीबारेका प्रबन्धक ईश्वर उप्रेती सम्मानित हुनुभएको छ। सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले बैंकिङ सेवालाई नागरिकमैत्री बनाउँदै स्थानीयवासीलाई वित्तीय कारोबारमा सहजीकरण गरेको भन्दै उप्रेतीलाई सम्मानपत्र प्रदान गरेको हो।
गाउँपालिकाका नागरिकलाई जलविद्युत् परियोजनाको शेयर व्यवस्थापनदेखि विभिन्न बैंकिङ कारोबारमा सहजीकरण गर्न उहाँले पुर्याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।
स्थानीयस्तरमा वित्तीय सेवा पहुँच विस्तार तथा नागरिकलाई सहज बैंकिङ सेवा उपलब्ध गराउन उप्रेतीले निर्वाह गर्नुभएको भूमिकाको गाउँपालिकाले प्रशंसा गरेको छ।