मोरङमा सडक छेउमा पुरुष मृत फेला, पहिचान खुल्न सकेन
मोरङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । पथरी शनिश्चरे नगरपालिका–१ पश्चिम स्टेनस्थित सडक छेउमा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन ।
घटनाबारे जानकारी पाएपछि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ । मृतकको पहिचान तथा मृत्युको कारण खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।