बंगलादेशलाई हराउँदै पाकिस्तान एसियन गेम्सको फाइनलमा
काठमाडौं । पाकिस्तान एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
जापानको निशिनमा बिहीबार भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
वर्षाका कारण १३ ओभरमा घटाइएको खेलमा पहिले ब्याटिङ गरेको बंगलादेशले ७ विकेट गुमाएर १११ रन बनाएको थियो । ११२ रनको लक्ष्य पाकिस्तानले ११.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
पाकिस्तानले अब स्वर्ण पदकका लागि भारत र श्रीलंकाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।