लगातारको वर्षाले कञ्चनपुरका सीमा स्तम्भ डुबानमा
लगातार भइरहेको वर्षाका कारण कञ्चनपुरका विभिन्न क्षेत्रमा डुबानको समस्या देखिएको छ। वर्षाका कारण दोधारा चाँदनी नगरपालिका–७ कञ्चभोजस्थित नेपाल–भारत सहायक सीमा स्तम्भ ७९७/२ डुबानमा परेको छ।
त्यस्तै, पुनर्वास नगरपालिकास्थित बिचफाँटामा रहेको नेपाल–भारत मुख्य सीमा स्तम्भ ७५९ दोधा नदीको बाढीले पूर्ण रूपमा डुबानमा परेको सशस्त्र प्रहरीले जनाएको छ।
लगातारको वर्षाका कारण सीमा क्षेत्रमा पानीको सतह बढेपछि सीमा स्तम्भहरू डुबानमा परेको सशस्त्र प्रहरीले जनाएको छ।