यूएन महासचिव चयनका लागि दोस्रो स्ट्र पोल
संयुक्त राष्ट्रसङ्घका नयाँ महासचिव चयनका लागि सुरक्षा परिषद्ले शुक्रबार दोस्रो अनौपचारिक मतदान (स्ट्र पोल) गरेको छ। वर्तमान महासचिव एन्टोनियो गुटेरेसको कार्यकाल आगामी डिसेम्बर ३१ मा सकिँदैछ।
पहिलो स्ट्र पोलमा कोस्टारिकाकी रेबेका ग्रिन्स्पान अग्रस्थानमा थिइन्। महासचिव पदका लागि अर्जेन्टिनाका राफेल ग्रोसी, चिलीकी मिशेल ब्याचेलेट, इक्वेडरकी मारिया फर्नान्डा एस्पिनोसा, गुयानाकी क्यारोलिन रोड्रिग्स–बर्केट, युगान्डाका ओलारा ओटुन्नु र सेनेगलका म्याकी सालसहित उम्मेदवार छन्।
महासचिवका लागि सुरक्षा परिषद्का १५ मध्ये कम्तीमा नौ सदस्यको समर्थन आवश्यक पर्छ। साथै, पाँच स्थायी सदस्यमध्ये कुनै एकले भिटो प्रयोग गर्न नहुने व्यवस्था छ। सुरक्षा परिषद्को सिफारिसपछि महासभाले नयाँ महासचिव चयन गर्नेछ।