बालुवाटारबाट बिनु र निहारिका पक्राउ
प्रदर्शनका लागि प्रधानमन्त्री निवास, बालुवाटार जान लागेका बिनु यादव र निहारिका राजपुत पक्राउ परेका छन् । जिल्ला प्रहरी काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार बिहीबार दिउँसो प्रदर्शनका लागि कालो बस्त्रसहित उनीहरु प्रधानमन्त्री निवासतर्फ जान खोज्दा राष्ट्र बैंक चोकमा पक्राउ परेका हुन् ।
उक्त क्षेत्र प्रदर्शनका लागि निषेधित भएका कारण पक्राउ गरिएको भट्टराईले बताए । उनीहरुलाई प्रहरी वृत्त, मालिगाउँको हिरासतमा राखिएको छ ।