रास्वपाको महाधिवेशनमा ३८४ केन्द्रीय सदस्य उम्मेदवार, इलेक्ट्रोनिक मतदान तयारी
चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन्।
केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक नामावलीमा सबै ३८४ उम्मेदवारको नाम समावेश गरिएको छ।
नेतृ सरिता ज्ञवालीका अनुसार निर्वाचनस्थलमा प्रारम्भिक सूची टाँसिएसँगै दाबी–विरोध प्रक्रिया सुरु भएको छ। तोकिएको समयभित्र उम्मेदवारहरूको नाममा दाबी वा विरोध दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।
दाबी–विरोध प्रक्रिया सम्पन्न भएपछि अन्तिम नामावली तयार गरिने र त्यसपछि इलेक्ट्रोनिक भोटिङ मेसिनमा विवरण अद्यावधिक गरेर मतदान प्रक्रिया अघि बढाइने जनाइएको छ।
इलेक्ट्रोनिक भोटिङ मेसिन व्यवस्थापनमा संलग्न राम लक्ष्मण मेसिनका प्रतिनिधि राम रिमालका अनुसार ३८४ उम्मेदवारको विवरण मेसिनमा समावेश गर्न करिब ४ देखि ५ घण्टा लाग्नेछ।
महाधिवेशनमा केन्द्रीय नेतृत्व चयनका लागि इलेक्ट्रोनिक भोटिङमार्फत निर्वाचन गर्ने तयारी भइरहेको छ।