टिकटकर तुलसी अधिकारीको थुनछेक बहस सुरु
काठमाडौं, २१ जेठ २०८३ — तुलसी अधिकारी विरुद्ध दायर मुद्दामा थुनछेक बहस सुरु भएको छ। मुद्दाको सुनुवाइ टेकनाथ गौतम को इजलासमा भइरहेको छ।
अदालतमा सरकारी वकिलको तर्फबाट जवाफी बहस हुने तथा त्यसपछि प्रतिवादी अधिकारीका कानुन व्यवसायीले बहस गर्नेछन्। बहस सम्पन्न भएपछि अदालतले अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्नेबारे निर्णय दिन सक्नेछ।
अधिकारीलाई थाइल्यान्डबाट पक्राउ गरी गत शनिबार राति काठमाडौं ल्याइएको थियो। उनीविरुद्ध ललितपुर जिल्ला अदालत मा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ तथा ठगीसम्बन्धी मुद्दा दायर गरिएको छ।
एक व्यवसायीको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुर ले २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी रहेका छन्।