सीटीईभीटी उपाध्यक्ष र सदस्य सचिव पदका लागि दरखास्त आह्वान
काठमाडौं — प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को रिक्त उपाध्यक्ष र सदस्य सचिव पदका लागि उपयुक्त उम्मेदवार सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ।
समितिले स्वीकृत गरेको बैठक तथा सिफारिस सम्बन्धी कार्यविधि २०८३ अनुसार योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरिएको हो। यो सूचना पहिलो पटक जेठ २१ गते प्रकाशित गरिएको जनाइएको छ।
आवेदन दिने म्याद सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र निर्धारण गरिएको छ। योग्य आवेदकहरूले शिक्षा तथा खेलकुद मन्त्रालयको प्राविधिक शिक्षा शाखामा कार्यालय समयभित्र आवेदन बुझाउनुपर्नेछ।
सूचनाअनुसार अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुलेको दिनको समयसम्म आवेदन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।