परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान, उच्चस्तरीय छलफल हुने
काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गरेका छन्।
भारतका विदेशमन्त्री एस. जयशंकर को निमन्त्रणामा उनी नयाँ दिल्ली प्रस्थान गरेका हुन्।
प्रस्थानका क्रममा मन्त्री खनालले रास्वपा नेतृत्वको सरकार बनेपछि यो पहिलो उच्चस्तरीय भ्रमण भएको उल्लेख गर्दै दुई देशबीचका प्राथमिकताका विषयमा छलफल हुने बताएका छन्।
उनका अनुसार भ्रमणका क्रममा आपसी सम्बन्ध, सहयोग तथा द्विपक्षीय प्राथमिकताका विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।