सरकारले १५ अवैतनिक दूत हटायो, संसद् बैठकलाई राष्ट्रपतिबाट सम्बोधन गराउने निर्णय
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले विदेशस्थित १५ जना अवैतनिक दूतलाई पदबाट हटाउने निर्णय गरेको छ।
शुक्रबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना ‘अनररी कन्सुलर जनरल’ तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
बैठकले यही वैशाख २८ गते अपराह्न ४ बजेका लागि बोलाइएको संघीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय पनि गरेको छ।
सरकारको उक्त निर्णयसँगै अवैतनिक दूतहरूको नियोग पुनर्संरचना हुने अपेक्षा गरिएको छ।