एफएनसीसीआई निर्वाचनमा सचिन ढकाल सर्वाधिक मतसहित एसोसिएट सदस्यमा विजयी
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारणसभाअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएको छ।
निर्वाचनमा निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा युवा उद्यमी सचिन ढकालले सबैभन्दा धेरै मत प्राप्त गर्दै एसोसिएट सदस्यमा निर्वाचित भएका छन्।