सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको रिक्त कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरेको छ । मन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै इच्छुक र योग्य व्यक्तिहरूबाट दरखास्त आह्वान गरेको हो ।
दरखास्त पेस गर्ने अन्तिम मिति २०८३ साल जेठ ५ गते कार्यालय समयसम्म तोकिएको छ । योग्य उम्मेदवारहरूले आवश्यक न्यूनतम योग्यता, दरखास्त फाराम र संलग्न गर्नुपर्ने कागजातहरूको बारेमा विस्तृत जानकारी मन्त्रालयको वेबसाइटबाट प्राप्त गर्न सक्नेछन् ।