मकवानपुरको भैँसेमा सुमोको ठक्करबाट मोटरसाइकल चालक घाइते
मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर–२ स्थित भैँसेमा सुमोले मोटरसाइकललाई ठक्कर दिएको छ । आइतबार हेटौंडाबाट काठमाडौँ आउँदै गरेको ना.१ ज ३३५४ नम्बरको सुमोले ठक्कर दिँदा बागमती प्रदेश–०२–०५४ प १८११ नम्बरको मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
मोटरसाइकल विपरीत दिशाबाट हेटौँडातर्फ जाँदै थियो । दुर्घटनामा परेर घाइते भएका चालकलाई उपचारको लागी हेटौँडा पठाइएको दुर्घटनाका प्रत्यक्षदर्शी विजय शाहले बताए । घटना स्थलमा ट्राफिक प्रहरी दिवस कुमार चौरसिया नेतृत्वको टिम पुगेको छ । टाटा सुमो चालक प्रहरीको नियन्त्रणमा छन् ।