बैंकिङ कसुर मुद्दामा फरार ५८ वर्षीया सलिजा कन्दङवा पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार रहेकी ५८ वर्षीया सलिजा कन्दङवालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौं महानगरपालिका–३१ भीमसेनगोलाबाट पक्राउ गरेको हो। उनीविरुद्ध चेक अनादरसम्बन्धी मुद्दा दर्ता भएको थियो।
प्रहरीका अनुसार दीपक विश्वकर्माको जाहेरीका आधारमा उनीविरुद्ध मुद्दा चलेको र करिब ४० लाख रुपैयाँ बिगो रहेको छ।
पक्राउ परेकी कन्दङवालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत फिदिम, पाँचथर पठाइएको प्रहरीले जनाएको छ।