प्युठानमा मारुती भ्यान दुर्घटनामा परी दुई जनाको मृत्यु
प्युठानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
शुक्रबार प्युठान–दाङ सडकखण्ड अन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरूको पहिचान खुल्न सकेको छैन । लुप्र ०२–००१ ज ०१०४ नम्बरको भ्यान सडकबाट करिब दुई सय मिटर तल खसेको हो।