लालपुर्जा हुँदाहुँदै वीरगन्जमा घर टहरा भत्काइएको भन्दै माइतीघरमा प्रदर्शन
लालपुर्जा हुँदाहुँदै वीरगन्जमा आफूहरूको घर टहरा भत्काइएको भन्दै स्थानीयवासीले काठमाडौँको माइतीघर मण्डलामा आएर आइतबार विरोध प्रदर्शन गरेका छन् ।
विभिन्न माग लेखिएको प्लेकार्डसहित उनीहरूले प्रदर्शन गरेका हुन् । वैशाख पहिलो साता वीरगन्जमा मुख्य सडक अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा भत्काइएको थियो ।
त्रिभुवन राजपथअन्तर्गतको गण्डकचोकदेखि मितेरीपुलसम्म सडकको बिच भागबाट दायाँ–बायाँ २५–२५ मिटर सडक विस्तारका लागि अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काइएको थियो ।