कीर्तिपुरमा धारिलो हतियार प्रहारबाट युवकको हत्या
काठमाडौं — काठमाडाैंको कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा बुधबार दिउँसो धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार गुल्मीको धुर्कोट गाउँपालिका घर भएका विपिन घिमिरेमाथि दिउँसो करिब २:३० बजे हतियार प्रहार भएको हो।
गम्भीर घाइते घिमिरेलाई तत्काल उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।
प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको र आवश्यक अनुसन्धान तथा खोजी कार्य जारी रहेको जनाएको छ।
घटनाको कारणबारे थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।