जमलको नालीमा ६ राउन्ड गोली फेला
काठमाडौँ महानगरपालिका–२७ स्थित जमलमा एसएलआरको गोली भेटिएको छ । राष्ट्रिय नाचघर अगाडीको नालीमा ६ राउन्ड गोली भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।
बुधबार बेवारिसे अवस्थामा भेटिएको गोली कसले ल्याएर फालेको हो भन्नेबारे प्रहरी वृत्त दरबारमार्गले अनुसन्धान गरिरहेको छ । गोली फाल्ने व्यक्ति फेला परेका छैनन् ।