‘लालीबजार’ विवादको निवेदन हेर्न नमिल्ने न्यायाधीशको बेन्चमा
चलचित्र ‘लालीबजार’ प्रदर्शन रोक्न माग गर्दै दायर निवेदन ‘हेर्न नमिल्ने’ न्यायाधीशको बेन्चमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासमा निवेदनमाथि सुनुवाइका निम्ति पेसी तोकिएको थियो । तर, हेर्न नमिल्ने भएपछि अर्को दिनका निम्ति सुनुवाइको पेसी तोक्न आदेश भएको छ ।
चलचित्रमा प्रयोग गरिएका केही शब्दले बादी महिलालाई अपमानित गरेको भन्दै उच्च अदालत पाटनको आदेश बदरको माग गर्दै डा। रोशनी नेपालीले सर्वोच्चमा निवेदन दिएकी थिइन् ।