सरकारी तलब कार्यान्वयनको माग गर्दै नर्सहरू आन्दोलित
कलंकीस्थित सहिद मेमोरियल अस्पतालका स्टाफ नर्सहरूले सरकारले तोकेको तलब लागू गर्न माग गर्दै आन्दोलन गरेका छन् ।
शुक्रबार बिहानदेखि नर्सहरूले अस्पताल परिसरमै प्रदर्शन गर्दै आन्दोलन सुरु गरेका हुन् । आन्दोलनरत नर्सहरूका अनुसार उनीहरूले हाल १९ हजार रुपैयाँ मात्र तलब पाइरहेका छन्, जबकि सरकारले स्टाफ नर्सका लागि ३४ हजार रुपैयाँ तलब तोकेको छ ।
सरकारले निर्धारण गरेको तलब कार्यान्वयन गर्न पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरिएको भन्दै आन्दोलन गर्न बाध्य भएको हेल्थ असिस्टेन्ट भुपेन्द्र खत्रीले बताएका छन् । अस्पतालमा कार्यरत करिब ४० जना कर्मचारीहरू अहिले आन्दोलनमा सहभागी भएका छन् ।