वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
प्रहरीले वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ टोखा नगरपालिका–३ बस्ने झापा दमक नगरपालिका–२ घर भएका ३७ वर्षीय सागर गौतम, काठमाडौँ टोखा नगरपालिका–१ बस्ने दाङ घोराही उपमहानगरपालिका–१० घर भएका ३२ वर्षीय शम्भु गौतम र काठमाडौँ महानगरपालिका–२९ बस्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–४ घर भएका ३७ वर्षीय सनम गुरुङ रहेका छन् ।
पक्राउमध्ये सागरले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५८ हजार, शम्भुले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १५ लाख ९० हजार र सनमले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको साेही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सागरलाई काठमाडौँ टोखा नगरपालिका–३ बाट सोमबार तथा शम्भुलाई टोखा नगरपालिका- २ बाट र सनमलाई काठमाडौँ महानगरपालिका–१२ बाट मङ्गलबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।