मोटरसाइकल दुर्घटनामा परेर झापाका एक युवकको मृत्यु
झापाको अर्जुनधारा नगरपालिका– ४ दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दुर्गापुरबाट जुकेखाडीतर्फ आउँदै गरेको मे४प ७१९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक कन्काई नगरपालिका– ४ का ३५ वर्षीय मनोज कुमाल गम्भीर घाइते भएका थिए ।
घाइते कुमाललाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएकामा थप उपचारका लागि नोबेल अस्पताल विराटनगर रेफर गरिएको थियो । कुमालको उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।