जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी
जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी भएको छ । आइतबार दिउँसो करिब साढे ३ बजेको समयमा आगलागी भएको हो ।
आगलागी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा अपराह्न ४ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।
गोदाममा पुराना प्रयोग भइसकेका स्वास्थ्य सामग्री र लिलामी प्रक्रियामा रहेका सामग्रीहरू रहेको प्रहरीले बताएको छ ।
नजिकै फोहोर जलाउन बालिएको आगोबाट आगलागी भएको बडूले बताए । आगो कसरी सल्कियो भन्नेबारे नखुलेको उनले बताए ।