पाकिस्तानमार्फत अमेरिका–इरान वार्ताको नयाँ प्रस्ताव
इरानले पाकिस्तानलाई मध्यस्थकर्ता बनाउँदै अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव अघि सारेको छ। प्रस्तावको विवरण भने सार्वजनिक गरिएको छैन।
करिब ४० दिनको तनावपछि भएको युद्धविरामपछि एक चरण मात्रै वार्ता भएको थियो। नौसैनिक नाकाबन्दी र स्ट्रेट अफ हर्मुजको विषयमा विवाद हुँदा वार्ता रोकिएको छ।
यसैबीच इरानका विदेशमन्त्री अब्बास अराघीचीले क्षेत्रीय देशहरूसँग वार्ता गर्दै नयाँ पहलबारे जानकारी दिएका छन्।