सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको माइक्रोबस चेहेरे नजिकै दुर्घटनाग्रस्त
सिन्धुपाल्चोकको तातोपानीबाट काठमाडौं फर्किँदै गरेको रिजर्भ माइक्रोबस चेहेरे नजिकै दुर्घटनाग्रस्त भएको छ। दुर्घटनाको विस्तृत विवरण भने अझै खुल्न बाँकी रहेको छ।
प्रारम्भिक जानकारीअनुसार सवारी साधन अनियन्त्रित भई सडकबाट चिप्लिएको आशंका गरिएको छ। दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीहरू उद्धार कार्यमा खटिएका छन्।
दुर्घटनामा घाइते तथा क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप जानकारी आउन बाँकी छ।